वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३औँ जन्मदिन आज, मतदान नगर्ने — OSNepal

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३औँ जन्मदिन आज, मतदान नगर्ने

LC (KTM) May 13, 2022 0

काठमाडौँ, ३० वैशाख -संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३औँ जन्मदिन आज परिवारिकरुपमा मात्र मनाइने भएको छ । स्थानीय तहको निर्वाचनको दिन परेको र सवारी साधन आवतजावतमा समस्या भएकाले आफ्नो पारिवारका सीमित सदस्यबीच जन्मदिन मनाउन लागिएको जोशीका माइला छोरा हेमन्तले जानकारी दिनुभयो ।

केही दिनदेखि श्वासप्रश्वासमा समस्या आएपछि उहाँलाई समय समयमा अक्सिजन दिनुपरेकाले पनि मतदानका लागि जान कठिन भएको उहाँले जानकारी दिनुभयो । बुबालाई अहिले अरुको सहारामा पनि मतदान केन्द्रसम्म जान सक्ने अवस्था नभएको हेमन्तले बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर