बिस्कुटकाे भरमा निर्वाचनमा खटिँदै सुरक्षाकर्मी — OSNepal

बिस्कुटकाे भरमा निर्वाचनमा खटिँदै सुरक्षाकर्मी

LC (KTM) May 13, 2022 0

मुगु, ३० वैशाख मुगुमा सुरक्षाकर्मी भाेकभाेकै निर्वाचनमा खटिनु परेकाे छ । निर्वाचन सुरक्षा प्रमुख केन्द्रकाे घेरामा रहेका नेपाल प्रहरी बिस्कुटकाे भरमा खटिरहेका छन्।

छायाँनाथ रारा नगरपालिका-५ मा रहेकाे नेपाल राष्ट्रिय आधारभूत विद्यालयकाे मतदान केन्द्रमा बिहानै ५ बजेबाट खटिएका सुरक्षाकर्मी खाना खान पाएका छैनन् । उनीहरु एक पाकेट बिस्कुटकाे भरमा निर्वाचनमा खटिनु परेकाे वरिष्ठ हवल्दार सीता कुमारी खत्रीले जानकारी दिइन् ।

‘ बिहानै आएर खटिरहेका छाैँ, अहिलेसम्म खाना खान पाइएकाे छैन । एक पाकेट बिस्कुट खाएर भए पनि निर्वाचन मा खटिरहेका छाैँ,’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर