एक जना मतदाताको साथमा दुईवटा मतपत्र फेला परेपछी विवाद, मतदान रोकियो — OSNepal

एक जना मतदाताको साथमा दुईवटा मतपत्र फेला परेपछी विवाद, मतदान रोकियो

LC (KTM) May 13, 2022 0

महोत्तरी, ३० वैशाख -महोत्तरीको गौशाला नगरपालिकाको एउटा मतदान केन्द्रमा मतदान प्रक्रिया अवरुद्ध बनेको छ । गौशाला-९ स्थित बिषहरपुर मतदान केन्द्रमा एक जना मतदाताको साथबाट दुईवटा मतपत्र फेला परेपछी विवाद चर्किएको हो ।

जसका कारण करिव एक घण्टादेखि मतदान प्रक्रिया अवरुद्ध बनेको छ । मतदानस्थलवाट स्थानीयले दिएको जानकारीअनुसार फेला परेको दुईवटा मतपत्र मध्ये एउटा नमुना मतपत्र रहेको छ ।इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक रन्जन मिश्रले विवाद मिलाएर मतदान पुन: सुरू गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर