ललितपुरमा ५० प्रतिशत बढी मत खस्यो — OSNepal

ललितपुरमा ५० प्रतिशत बढी मत खस्यो

LC (KTM) May 13, 2022 0

ललितपुर- ललितपुर महानगरपालिकामा दिउँसो २ः१५ बजे सम्ममा ५० प्रतिशतभन्दा बढी मत खसेको छ । कतिपय वडामा ५५ देखि ६० प्रतिशतसम्म मत खसेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्धारित समयसम्ममा ६५ देखि ७० प्रतिशत मत खस्ने अनुमान गरिएको छ । मतदानस्थलमा बिहान भीडभाड देखिएपनि दिउँसो कम भएको सिवाकोटीले जानकारी दिनुभयो । अपराह्नपछि पुनः मतदान केन्द्रमा मतदाता बढ्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर