सप्तरीमा मतदान अधिकृत कुटिए — OSNepal

सप्तरीमा मतदान अधिकृत कुटिए

LC (KTM) May 13, 2022 0

सप्तरी, ३० वैशाख-सप्तरीको एक मतदानस्थलमा तोडफोड भएपछि मतदान स्थगित भएको छ। डाक्नेश्वरी नगरपालिकाको-२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिकाहरू तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।

कुटपिटबाट मतदान अधिकृत विपीन यादव घाइते भएका छन्। उनको राजविराज स्थानीय गजेन्द्र नारायण अस्पतालमा उपचार भइरहेको छ ।

दुई हजारभन्दा बढी मत खसिसकेपछि केही व्यक्तिले एक्कासि तोडफोड गरी कर्मचारीलाई कुटपिट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर