नातिनातिना नजन्माएको भन्दै आफ्नै छोराबुहारी लाई मुद्धा हाले यी दम्पत्तिले — OSNepal

नातिनातिना नजन्माएको भन्दै आफ्नै छोराबुहारी लाई मुद्धा हाले यी दम्पत्तिले

LC (KTM) May 13, 2022 0

संसारमा अनेक प्रकारका घटना देख्न र सुन्न पाईन्छ । वास्तवमा सानो सानो कुराहरुले पनि सबैलाई अचम्मित बनाई रहेको हुन्छ । आज हामी यस्तो बिषयमा कुराकानी गर्दैछौ तपाई छक्क पर्नु हुनेछ । आफ्नै बाबू आमाले छोरालाई मुद्धा हालेका छन् त्यो पनि नाति नातिना नजन्माएको भनेर । बिषय सुन्दै तपाई आश्चर्यमा पर्नुभयो होला । बुढेसकालमा सबैलाई रहर हुन्छ आफ्नो छोरा बुहारीको छोरा छोरीको अर्थात नाती नातीना खेलाउने ।

यहि कुरामा एक दम्पत्तिले आफ्नै छोरा बुहारी माथि मुद्धा हालेका हुन् । ६१ बर्ष सञ्जिब र ५७ वर्षीया साधना प्रसादले आफ्नै सन्तान बिरुद्ध मुद्धा हालेका हुन् । उनीहरुले एक वर्षभित्र नातिनातिना नजन्मिएमा करिब ६,५०,००० डलर अर्थात ८ करोड रुपैयाँ बढी क्षतिपूर्तिको माग गरिरहेका छन् । आफ्नो छोरालाई हुर्काउन, पाइलटको तालिम गराउन र भव्य विवाहका लागि आफ्नो बचत खर्च गरेको बताउँदै अब बुढेसकालमा नातिनातिना खेलाउने रहर पुरा नगर्दा छोराको लागि भएको खर्चको हर्जना उठाउने उनीहरुको माग छ । तर यस बिषयमा भने छोरा–बुहारीको यसबारे कुनै टिप्पणी सार्वजनिक भएको छैन । साँवाको भन्दा ब्याजको माया भनेको यहि पो हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर