अभिषेक बच्चन संग बिबाह गर्नु ६ बर्ष अघि नै ऐश्वर्याले सिन्दुर पोते लगाएको फोटो भाइरल, खुल्यो रहस्यको पोको — OSNepal

अभिषेक बच्चन संग बिबाह गर्नु ६ बर्ष अघि नै ऐश्वर्याले सिन्दुर पोते लगाएको फोटो भाइरल, खुल्यो रहस्यको पोको

LC (KTM) May 13, 2022 0

फिल्ममेकर फराह खान प्रायः बलिउड स्टारहरूसँग चिलिङ गरेको देखिन्छ, जसका तस्बिरहरू उनी आफ्नो सोशल मिडियामा पनि शेयर गरिरहेकी छिन्। हालै फराह खानले सन् २००१ को पुरानो तस्विर शेयर गरेकी छिन् । यस थ्रोब्याक तस्विरमा फरहान अख्तर, करण जोहर, साजिद खान, रानी मुखर्जी र ऐश्वर्या राय देखिएका छन् । यद्यपि यो तस्विरमा ठूला कलाकारहरू छन् तर सबैको ध्यानाकर्षण भएको थियो ऐश्वर्या राय बच्चनको तस्विर ।

यो देखेर सबैको ध्यान त्यतातिर केन्द्रित भयो । वास्तवमा यो तस्बिरमा ध्यान दिनु पर्ने कुरा के हो भने ऐश्वर्या राय बच्चन यस तस्विरमा सिंदूर लगाएर पुगेकी थिइन् । यो तस्बिर सन् २००१ को हो, तर ऐश्वर्या रायको त्यतिबेला विवाह भएको थिएन, यस्तो अवस्थामा ऐश्वर्या रायले कसको नाममा सिन्दुर लगाएकी छिन् भन्ने प्रश्न उठिरहेको छ, तर चिन्ता लिनु पर्ने अवस्था छैन किनभने फराह खानले यसरी बताई दिएकी छिन् ।

यससँगै यो रहस्यबाट पर्दा पनि हटाइएको छ । उनले यो तस्विर सन् २००१ को भएको बताईन् । करण जोहरका लागि उनले लेखेकी छिन्– यो निकै दुर्लभ तस्बिर हो जब करण जोहरलाई पहिलो पटक गैर डिजाइनर कपडामा देखियो। कोरियोग्राफरले लेखे, ुतस्वीर सन् २००१ को हो। जब मैले पहिलो पटक मेरो घर किने। ऐश्वर्या राय सिंदुर लगाएर देवदासको सुटिङबाट सिधै त्यहाँ पुगेकी थिईन् । यो करण जोहरको एकदमै दुर्लभ तस्बिर हो जब उनी पहिलो पटक गैर डिजाइनर कपडामा देखिएका थिए। फराह खानको यो तस्बिरमा धेरै कमेन्ट आइरहेका छन् ।

करण जोहरले कमेन्टमा लेखेका छन्–हे भगवान । एक मिडिया प्रयोगकर्ताले लेखेका छन्– ‘यो तस्विर निकै प्यारो छ । एक प्रयोगकर्ताले लेखे– मलाई लाग्छ कि वर्ष गलत छ, यो एक अद्भुत तस्वीर हो। देवदास फिल्ममा ऐश्वर्या राय, शाहरुख खान, माधुरी दीक्षित, ज्याकी श्राफ मुख्य भूमिकामा थिए । यो फिल्म बक्स अफिसमा सुपरहिट भयो । ऐश्वर्याले सन् २००७ मा अभिषेकसँग विवाह गरेकी थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर