सलमान खानका भाई अरबाजपछि सोहेल खानको पनि सम्बन्धविच्छेद — OSNepal

सलमान खानका भाई अरबाजपछि सोहेल खानको पनि सम्बन्धविच्छेद

LC (KTM) May 13, 2022 0

काठमाडौं । अन्तत सलमान खानका अर्का भाई सोहेल खान र उनकी श्रीमती सीमा खान पनि सम्बन्ध विच्छेदको तयारीमा छन् । सलमानका माइला भाई अरबाज र मलाईकाले डिर्भोस गरेको केही वर्षपछि सलमान खानका भाइ सोहेल खान र उनकी श्रीमती सीमा खान सम्बन्धविच्छेद गर्न लागेका हुन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार सोहेल र सीमाले सम्बन्धविच्छेदका लागि मुम्बईको फेमिली कोर्टमा सम्बन्धविच्छेदका लागि निवेदन दिएका छन् । सोहेल र सीमालाई शुक्रबार फेमिली कोर्ट बाहिर देखिएको समेत भारतीय मिडियाले विशेष प्राथिमकताका साथ प्रकाशित गरेका थिए ।

अचानक अलग हुने निर्णय गरेका यी दुईबिचको दोस्ती अहिले पनि राम्रो भएको बताइन्छ । पछिल्लो थुप्रै वर्षदेखि छुट्टा छुट्टै बस्दै आएका उनीहरु यो निर्णयले खुशी भएको समेत आजतकले लेखेको छ ।
सोहेल खानसँग सन् १९९८ मा विवाह गरेकी यी दुईका दुई छोरा योहान र निर्वाण छन् । यो जोडीले विबाहको २४ वर्षपछि अलग हुने निर्णयले धेरै चकित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर