इलाममा किरियापुत्री दाजुभाइद्वारा मतदान — OSNepal

इलाममा किरियापुत्री दाजुभाइद्वारा मतदान

LC (KTM) May 13, 2022 0

इलाम- इलाममा निर्वाचनको उत्साह मतदातामा उच्च रहेको पाइएको छ । बिरामी, अशक्त र वृद्धवृद्धा र कोरामा बसेका किरियापुत्रीसमेत मतदानमा सहभागी भएका छन् । माईजोगमाई गाउँपालिका–१ मा बुबाको काजक्रियामा बस्नुभएका किरियापुत्री दाजुभाइ तोयानाथ दाहाल र प्रेम दाहालसमेत मतदान प्रक्रियामा भाग लिन मतदानस्थलमा पुग्नुभएको थियो ।

छ दिनअघि बुबाको मृत्यु भएपछि हिन्दू संस्कारअनुसार काजक्रियामा बस्नुभएका दाहाल दाजुभाइले घरबाट २० मिनेटको दूरीमा रहेको शिवमाई माविमा रहेको मतदान केन्द्रमा गएर मतदान गर्नुभएको थियो । मतदान गरिसकेपछि दाहाल दाजुभाइले आफ्नो अधिकार सुनिश्चित गर्नका लागि काजक्रियामै रहे पनि मतदानमा सहभागी भएको जनाउनुभयो ।

उहाँहरु मतदान केन्द्रसम्म हिँडेर मतदान गर्न जानुभएको थियो । उक्त केन्द्रमा उहाँहरुलाई मतदान गर्नका लागि सहज वातावरण निर्माण गरेर सहयोग गरिएको मतदान अधिकृत गोकुल सञ्जेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर