उर्लाबारीमा ७० प्रतिशत मत खस्यो , मतगणना बिहान बाट सुरु हुने — OSNepal

उर्लाबारीमा ७० प्रतिशत मत खस्यो , मतगणना बिहान बाट सुरु हुने

LC (KTM) May 13, 2022 0

मोरंगको उर्लाबारी नगरपालिकामा शान्ती पुर्ण रुपमा मतदान सम्पन्न भएको छ । यस नगरपालिकामा ७०.६४ प्रतिशत मत खसेको छ । उर्लाबारीमा कुल मतदाताको संख्या ३२६० रहेको छ । जसमा आज २३०३ मत खसेको छ । अहिले ब्यालेट बक्स मतगणनास्थलमा पुगिसकेको उर्लाबारी वार्ड नम्बर ६ का एमालेका अध्यक्ष पदका उम्मेद्धार घनश्याम भण्डारीले जानकारी दिए ।

अब सर्वदलीय बैठक बस्न लागेको उनले जानकारी दिए । उनका अनुसार बिहान २ बजे बाट मतगणना सुरु हुनेछ । उर्लाबारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसको तर्फबाट पुरानै मेयर खड्ग फागो, एमालेका तर्फ बाट गंगा खरेल तथा माओबादी र नेकपा एसका तर्फबाट मान बहादुर श्रेष्ठ रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर