काठमाण्डौ महानगरपालिकाको मतगणना भोली बिहान बाट मात्र सुरु हुने — OSNepal

काठमाण्डौ महानगरपालिकाको मतगणना भोली बिहान बाट मात्र सुरु हुने

LC (KTM) May 13, 2022 0

सबैको चासोको बिषय बनेको काठमाडौं महानगरपालिकाको मतगणना आज नहुने भएको छ । आज बसेको सर्वदलीय बैठकले शनिबार बिहान ८ बजे बाट मतगणना कार्य सुरु गर्ने निर्णय गरेको हो । सबैभन्दा बढी चर्चा बनेको काठमाण्डौको मतगणना भोली बिहान बाट सुरु गर्ने सर्बदलीय बैठकको निर्णय भएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ । ३ लाख २ सय ४२ मतदाता रहेको काठमाण्डौ महानगरपालिकाको मतपेटिका राष्ट्रियसभा गृहमा राखिएको छ ।

एउटा दलले हरेक बुथमा एक जना प्रतिनिधि राख्न पाउने तर स्वतन्त्र उम्मेदवारहरुको हकमा यो नियम लागु नहुने भएपछि काठमाण्डौ महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेद्धार बालेन्द्र शाहले फेसबुक मार्फत आपत्ति जनाउँदै निर्वाचन आयोगको ध्यानाकर्षण समेत गरेका छन् । आज सम्पन्न निर्वाचनमा महानगरपालिकामा ५२ प्रतिशत मात्र मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर