मोरंगको ६ पालिकाकामा सुरु भयो मतगणना कार्य , बिराटनगर सहित अन्य पालिकाको भोली बिहान बाट सुरु हुने — OSNepal

मोरंगको ६ पालिकाकामा सुरु भयो मतगणना कार्य , बिराटनगर सहित अन्य पालिकाको भोली बिहान बाट सुरु हुने

LC (KTM) May 13, 2022 0

मोरङका बिभिन्न पालिकाको मतगणना कार्य सुरु भएको छ । केहीको भने भोली बाट मात्र सुरु हुने भएको छ । अहिले भने ६ वटा पालिकामा मतगणना कार्य सुरु भईसकेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसरी मतगणना सुरु हुने पालिकाहरुमा धापालथान, ग्रामथान, कानेपोखरी, जहदा, कटहरी र मिक्लाजुङ रहेका छन् । उर्लाबारी नगरपालिकाको २ बजे बाट सुरु हुने बताइएको छ ।

यद्यपि यसको पुष्टि हुन बाँकि रहेको छ । त्यस्तै सबैभन्दा बढी मतदाता रहेको विराटनगर महानगरपालिका सहितका अन्य पालिकामा शनिबारबाट मतगणना हुनेछ । महानगरकोमतगणना शनिबार विहान ८ बजेबाट गर्ने सर्वदलीय बैठकले यसअघि नै निर्णय गरिसकेको छ । मोरंगमा महानगरपालिकासहित १७ पालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर