उदयपुरको कटारीमा गोली चल्यो, एक जनाको मृत्यु — OSNepal

उदयपुरको कटारीमा गोली चल्यो, एक जनाको मृत्यु

LC (KTM) May 14, 2022 0

उदयपुर, ३१ वैशाख :

उदयपुरको मतदान केन्द्रमा प्रहरीले चलाउदा एक किशोरको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।

उदयपुरको कटारी नगरपालिका– १० सोरुङछबिसेमा रहेको जनता कालिका माविको मतदान केन्द्रमा सामान्य विवाद हुँदा प्रहरीले गोली चलाएको हो । मतपेटीका सिलबन्दी गर्ने क्रममा विवाद गोली चलाउनु परेको प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादबले जानकारी दिए ।

उनले भने, ‘मतदान सकिएपछि अन्तिम समयमा गोली चलेको जानकारी आएको छ ।

गोली लागेर कटारी नगरपालिका– १० सोरुङछबिसेका स्वतन्त्र वडाध्यक्षका उम्मेदवार गौरबहादुर कटुवालका भतिज १९ वर्षीय नवीन भन्ने बीरबहादुर कटुवालको ज्यान गएको हो । त्यसैगरी घरमा बसि रहेको १३ वर्षिय बालक मोहन श्रेष्ठको घुँडामा गोली लागि घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर