सबै महानगरपालिकमा विहानबाट मतगणना सुरु हुने — OSNepal

सबै महानगरपालिकमा विहानबाट मतगणना सुरु हुने

LC (KTM) May 14, 2022 0

काठमाडौं, ३० वैशाख :

देशका सबै महानगरपालिकामा आज विहानबाट मतगणना सुरु हुँदैछ ।

काठमाडौं महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना हुने जनाइएको छ भने ललितपुर महानगरपालिकामा बिहान ७ बजेदेखि ।

काठमाडौं महानगरपालिकाको मतगणनान गणनास्थलमा राखिने प्रतिनिधि संख्यामा विवाद भएपछि राती सुरु हुन सकेको थिएन । प्रतिनिधिको संख्या मिलेपछि विहान ८ बजेबाट सुरु गरिन लागिएको हो ।

भरतपुर महानगरपालिकामा पनि बिहान ८ बजेपछि मतगणना सुरु गरिने सहमति भएको छ ।

विराटनगरमा बिहान ८ बजेदेखि मतगणना सुरु हुनेछ । पोखरा महानगरपालिकामा बिहानदेखि मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर