तीन प्रदेशमा बिहानै वर्षा, दिउँसाे यी क्षेत्रमा वर्षाकाे सम्भावना — OSNepal

तीन प्रदेशमा बिहानै वर्षा, दिउँसाे यी क्षेत्रमा वर्षाकाे सम्भावना

LC (KTM) May 14, 2022 0

काठमाडाैं, ३१ वैशाख :

आज शनिबार मुलुकका विभिन्‍न क्षेत्रमा वर्षा हुने भएकाे छ । काठमाडाैं उपत्यकामा बिहानैदेखि बदली छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुका कारण बिहान प्रदेश १, मधेस, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षा भएकाे छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

राति प्रदेश १, मधेश र बागमतीका थोरै स्थानमा वर्षाको आँकलन गरिएकाे छ ।

आइतबार पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर