मुस्ताङको लोघेकर दामोदरकुण्डमा एमालेका उम्मेदवार विजयी – OSNepal

मुस्ताङको लोघेकर दामोदरकुण्डमा एमालेका उम्मेदवार विजयी

LC (KTM) May 14, 2022 0

मुस्ताङ- मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । चराङस्थित मतदान अधिकृतको कार्यालयमा अहिले बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार अध्यक्षमा एमालेका लोप्साङ छोम्पेल (राजु) विष्ट र उपाध्यक्षमा सोही पार्टीका छिरिङ ल्हामो गुरुङ विजयी हुनुभएको हो ।

नवनिर्वाचित अध्यक्ष विष्टले ६८९ र उपाध्यक्ष गुरुङले ६४१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत नेपालहरि रानाभाटले बनाउनुभयो । उहाँका अनुसार अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का देवबहादुर गुरुङले १८५ र उपाध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाउनुभयो । कांग्रेस र एकीकृत समाजवादीले तालमेल गरेका थिए ।

लोघेकर दामोदरकुण्ड –१ को वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, वडा नं ३ को वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ, ४ नम्बर वडाध्यक्षमा सोही पार्टी झियानछुसाङ गुरुङ निर्विरोध भएका थिए । पाँच वडा रहेको लोघेकर दामोदरकुण्डमा एक हजार ४६२ मतदातामध्ये ९८० अर्थात ६७.०३ प्रतिशत मत खसेको थियो । अध्यक्ष विष्ट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । उपाध्यक्षमा निर्वाचित गुरुङ जिल्ला समन्वय समितिको प्रमुख हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement