मतपेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर छाङ्गरु प्रस्थान — OSNepal

मतपेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर छाङ्गरु प्रस्थान

LC (KTM) May 14, 2022 0

दार्चुला, ३१ वैशाख व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करको मतपेटिका ल्याउन हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ । जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छाङ्गरु तिङ्करको मतपेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर छाङ्गरु प्रस्थान गरेको । दुई मतदान केन्द्र रहेको वडा नं १ को मतपेटिका छाङ्गरुमा राखिएको छ । मतपेटिकालाई हेलिकप्टरमार्फत गाउँपालिका केन्द्र सुनसेरा ल्याइने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो ।

नेपालतर्फ बाटो नभएकाले हेलिकप्टरको प्रयोग गरेर मतपेटिका र कर्मचारी ल्याउन लागिएको हो । गत शनिबार छाङ्गरु र तिङ्करमा निर्वाचन सामग्री, सुरक्षाकर्मी र निर्वाचनमा खटाइएका कर्मचारी हेलिकप्टरमार्फत पु¥याइएको थियो । व्यास गाउँपालिका–१ का दुई मतदान केन्द्रमा ३५० बढी मत खसेको छ । मोती महिला सङ्घ आधारभूत विद्यालय तिङ्करमा १३६ र कैलाशपति आधारभूत विद्यालय छाङ्गरुमा मत खसेको हो ।

तिङ्कर मतदान केन्द्रमा ७३ पुरुष र ६३ महिलाले मतदानमा सहभागी भएको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले जानकारी दिनुभयो । सो मतदान केन्द्रमा एक घण्टाअघि नै मतदान सकिएको थियो । तिङ्कर मतदान केन्द्रमा कूल १११ पुरुष र १२० महिला मतदाता थिए । कैलाशपति आधारभूत विद्यालय छाङ्गरुको मतदान केन्द्रमा ११२ महिला र १०७ पुरुषले मतदान गरेका जनाइएको छ । यो मतदान केन्द्रमा १७७ पुरुष र १९९ महिला मतदाता थिए ।व्यास गाउँपालिकाका छवटै वडामा पाँच हजार ४८६ मत खसेको निर्वाचन अधिकृतको कार्यालय सुनसेराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर