हावाहुरीसहितको पानीले कर्णालीका सात जिल्लामा शुक्रबारदेखि विद्युत् अवरुद्ध — OSNepal

हावाहुरीसहितको पानीले कर्णालीका सात जिल्लामा शुक्रबारदेखि विद्युत् अवरुद्ध

LC (KTM) May 14, 2022 0

सुर्खेत, ३१ वैशाख-कर्णालीका सात जिल्लामा शुक्रबारदेखि विद्युत् अवरुद्ध छ । कोहलपुर-सुर्खेत खण्डको ३३ केभी लाइनमा समस्या हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो ।

शुक्रबार दिउँसो आएको हावाहुरीसहितको पानीले कोहलपुर–सुर्खेत खण्डको ३३ केभी लाइनमा विद्युत् सेवा अवरुद्ध भएको छ । राष्ट्रिय प्रशारण लाइन जोडिएका कर्णालीका सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, जाजरकोट, सल्यान र रुकुमपश्चिममा विद्युत् सेवा अवरुद्ध भएको छ ।नेपाल विद्युत् प्राधिकरण सुर्खेतका अनुसार जिल्लाभरका विभिन्न ठाउँमागरी करिब एक सय पोलहरू ढलेका जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर