सिन्धुलीको दुधौलीमा मोटरसाइकल दुर्घटना हुँदा आइतमायाको मृत्यु — OSNepal

सिन्धुलीको दुधौलीमा मोटरसाइकल दुर्घटना हुँदा आइतमायाको मृत्यु

LC (KTM) May 14, 2022 0

काठमाडौं, ३१ वैशाख – सिन्धुलीको दुधौली नगरपालिका–३ चारघरेमा शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ६० वर्षीया आइतमाया सार्की रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी सार्कीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य चौकी सिर्थौलीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमै सवार घाइते भएकी दुर्गामाया भुजेलको सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । तीन जना सवार रहेको नम्बर नखुलेको मोटरसाइकल हिजो साँझ सवा ५ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय डकाहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर