मतदाता बोकेको जीप दुर्घटनाप्रति अध्यक्ष नेपालद्वारा दुःख व्यक्त — OSNepal

मतदाता बोकेको जीप दुर्घटनाप्रति अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

LC (KTM) May 14, 2022 0

काठमाडौँ, ३१ वैशाख -नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनको सन्दर्भमा स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको निधन भएकामा दुःख व्यक्त व्यक्त गर्नुभएको छ ।

उहाँले एक विज्ञप्ति जारी गरी शुक्रबार भएको उक्त दुर्घटनामा मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण शोकाकुल परिवारमा समवेदना दिनुभएको छ । घटनामा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत विज्ञप्तिमार्फत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर