मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसलाई हराउँदै नेकपा एमाले विजयी — OSNepal

मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसलाई हराउँदै नेकपा एमाले विजयी

LC (KTM) May 14, 2022 0

मनाङ ३१ वैशाख । मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । एमालेबाट अध्यक्षमा कान्छा घले निर्वाचित भएका हुन् ।

घलेले ८६१ मत ल्याउँदै प्रतिद्धन्दी नेपाली कांग्रेसका छिरिङ ओङ्मा गुरूङलाई हराएका हुन् । गुरुङले भने ७१३ मत ल्याएकी छन्।

यता, उपमेयरमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरूङ ७४४ मत ल्याएर विजयी भएका छन् ।

त्यस्तै, राप्रपाका उपमेयर ज्यामयाङ टासी गुरूङले मात्र एक मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर