रसुवाको चार पालिकामा मतगणना जारी, कांग्रेसको अग्रता — OSNepal

रसुवाको चार पालिकामा मतगणना जारी, कांग्रेसको अग्रता

LC (KTM) May 14, 2022 0

रसुवा, ३१ वैशाख-शुक्रबार सम्पन्न स्थानीय तहको निवार्चनको रसुवामा मतगणना जारी छ । जिल्लाकाे पाँचवटा गाउँपालिकामध्ये चार वटाको मतगणना चलिरहेको छ । शनिबार बिहान ११ बजेसम्मको तथ्यांकअनुसार आमाछोदिङ्मो, नौकुण्ड र उत्तरगयामा नेपाली कांग्रेस तथा कालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।

कालिका गाउँपालिकामा आठ सय मत गन्दा अध्यक्षमा चार सय २७ मतसहित माओवादी अगाडि छ भने एक सय ६२ मत ल्याएर कांग्रेसले पछ्याइरहेको छ । उपाध्यक्षमा नेपाली कांग्रेसको दुई सय ९६ र नेकपा एमालेको एक सय ६१ मत छ ।

नौकुण्डमा अध्यक्षमा तीन सय ३० मतका साथ कांग्रेस पहिलो र एक सय २७ मतका साथ एमाले दोस्रो छ । उपाध्यक्षमा जनता समाजवादी पार्टीको दुई सय १० र नेकपा एमालेको ७१ मत छ । उत्तरगयाको अध्यक्षमा चार सय ३३ मतका साथ कांग्रेस पहिलो, तीन सय ९५ मतका साथ एमाले दोस्रो छ । उपाध्यक्षमा कांग्रेसको चार सय ३८ र एमालेको चार सय १२ मत आएको छ ।

आमाछोदिङ्मो गाउँपालिकामा तीन सय ४९ मत सहित कांग्रेस पहिलो र दुई सय ५८ मतका साथ एमालेका अध्यक्ष दोस्रो छन् । उपाध्यक्षमा दुई सय ६४ मतका साथ माओवादी पहिलो र दुई सय ३४ मतका साथ एमाले दोस्रो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर