लमही नगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता — OSNepal

लमही नगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता

LC (KTM) May 14, 2022 0

दाङ, ३१ वैशाख-लमही नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । नगरको वडा नम्बर १, ५ र ९ को ३०३ मत गणना गर्दा नेपाली कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार जोगराज चौधरीले ९३, नेकपा एमालेका दण्डिराम चौधरीले ८४ र नेकपा माओवादी केन्द्रका बसन्तराज शर्माले ७९ मत प्राप्त गरेका छन ।

उपप्रमुखमा नेपाली कांग्रेसका लक्ष्मी योगीले ९९, नेकपा एमालेका शुसिला शर्माले ७८ र नेकपा माओवादी केन्द्रका गंगा पाण्डेले ६६ मत प्राप्त गरेकी छिन । लमही नगरपालिकामा यसअघि नेकपा एमालेका उम्मेदवारले जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर