भजनी नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिए — OSNepal

भजनी नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिए

LC (KTM) May 14, 2022 0

कैलाली, ३१ वैशाख-भजनी नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । रेशम चौधरी समर्थित नागरिक उन्मुक्ति पार्टीले एमालेलाई पच्छ्याइ रहेको छ । भजनीमा नेकपा माओवादी केन्द्र तेश्रो स्थामा रहेको छ ।

भजनी नगरपालिका–९ को मतगणना चलिरहदा मेयरमा एमालेका मेयर, उपमेयरसहित वडाका सबै उम्मेदवार अगाडि छन् । एमालेलाई रेशम चौधरीकी श्रीमती अध्यक्ष रहेको नागरिक उन्मुक्ती पार्टीले पछ्याएको छ । सो पार्टीले दुई सय १० मत पाएको छ ।

भजनीमा माओवादीका उम्मेदवार शेरबहादुर चौधरीले ४७ मत पाएका छन् । उनलाई कांग्रेस र नेकपा एकीकृत समाजवादीको पनि समर्थन छ । वडा नम्बर ९ मा दुई हजार नौ सय २८ मत खसेका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर