मताधिकारबाट बन्चित भए बाराका सन्देश, मतपत्र च्यातियाे — OSNepal

मताधिकारबाट बन्चित भए बाराका सन्देश, मतपत्र च्यातियाे

LC (KTM) May 14, 2022 0

बारा, ३१ वैशाख-स्थानीय तहको निर्वाचनमा बाराका एक जना मतदाता मताधिकारबाट बन्चित भएका छन्। बाराको निजगढ नगरपालिका वडा नम्बर २ का सन्देश घिमिरे मताधिकारबाट बन्चित भएका हुन ।करिब ३ बजे निजगढ नगरपालिका-२ स्थित लोकप्रिय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्न गएका घिमिरेले मतपत्र लिएर गोप्य मतदान गर्न गए, तर उनको हात कामेकाले उनले नजिकै रहेका सुशील थापालाई हात कामेको बताए ।

थापाले चिनजान भएका घिमिरेको मतपत्र लिएर सहयोग गर्ने प्रयास गरे तर त्यहाँ रहेका व्यक्तिले हुँदैन एकाघरका व्यक्ति चाहिने भन्दै बिरोध गरे ।मतपत्र खाली नै थियो थापाले मतपत्र घिमिरेलाई फिर्ता दिए । त्यसपछि स्थानीयले दुबैको मतपत्र खारेज गर्न माग गरे । थापाले भने मतपेटिका बाकसमा मतपत्र खसाइसकेका थिए ।

स्थानीयहरू एक आपसमा विवाद गरिएहेको अवस्थामा नगेन्द्र श्रेष्ठ (बाबु)ले घिमिरेको हातबाट मतपत्र खोसेर मतपत्रनै च्यातेर फालिदिए ।मिरेले आफ्नु अमूल्य मत दिन पुनः मतपत्र माग गरे, तर दिइएन।

यता प्रहरीले घिमिरेलाई सहयोग गर्ने थापालाई नियन्त्रणमा लिए र निर्वाचन अधिकृतको कार्यालयमा जिम्मा लगाए । तर, मतपत्र च्यात्नेलाइ भने छोडे । सामान्य सोधपुछपछि निर्वाचन अधिकृत शम्भु बरालले उनलाई छोडिदिए भने आफ्नाे मत दिन गएका घिमिरे भने मतदान नै गर्न नपाइ घर फर्किए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर