महोत्तरीको मट्टीहानी नगरपालिकामा मतगणना सुरू — OSNepal

महोत्तरीको मट्टीहानी नगरपालिकामा मतगणना सुरू

LC (KTM) May 14, 2022 0

महोत्तरी, ३१ वैसाख-महोत्तरीको मट्टीहानी नगरपालिकामा पनि मतगणना सुरुवात भएको छ । सर्वदलीय निर्णयअनुसार १ बजेबाट मतगणना सुरु गरिएको मट्टीहानीस्थित मतदान अधिकृत कुलबहादुर फडेराले जानकारी दिए ।

वडा न.१ मा क र ख गरी २ वटा मतदान केन्द्र छन् । क मतदान केन्द्रमा ५१२ मतदातामध्य ३९८ जनाले मतदान गरेका छन् भने ख मतदान केन्द्रमा एक हजार तीन मतदातामध्ये ७१८ मत खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर