डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्रका रोकाया विजयी – OSNepal

डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्रका रोकाया विजयी

Osnepal May 14, 2022 0

सुर्खेत, ३१ वैशाख-डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका नारासिंह रोकायले सात सय ७० मत पाएर विजयी भएका हुन् ।

रोकायका प्रतिस्पर्धी नेकपा एमालेका हेमबहादुर महताराले सात सय ४६ मत ल्याएका छन् । उपाध्यक्षमा पनि माओवादी केन्द्रकी अमरिता बोहोरा विजयी भएकी छिन् । उनले सात सय ५९ मत ल्याइन् भने प्रतिस्पर्धी एमालेकी चन्द्रावति थापाले सात सय ४९ मत पाएकी छन् । ६ वडा रहेको पालिकामा दुई वडामा माओवादी, तीन वडामा एमाले र एउटामा कांग्रेस विजयी भएको छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement