शाहरुख खानकी छोरी सुहाना खान बलिउडमा डेब्यु गर्न तयार, फिल्मको पहिलो झलक सार्वजनिक — OSNepal

शाहरुख खानकी छोरी सुहाना खान बलिउडमा डेब्यु गर्न तयार, फिल्मको पहिलो झलक सार्वजनिक

LC (KTM) May 14, 2022 0

शाहरुख खानको प्यारी छोरी सुहाना खानको सिनेमा डेब्युको लागि दर्शकहरु लामो समयदेखि पर्खिरहेका थिए । अब यो प्रतिक्षाको अन्त्य हुन लागेको छ, किनकि उनी चाँडै फिल्म आर्चिजमा देखिदैछिन् ।सुहाना मात्र नभई खुशी कपुर र अगस्त्य नंदा पनि यो फिल्मबाट डेब्यु गर्दैछन् । फिल्मको सबैलाई आतुरता छ । अब फिल्मको पूरा स्टारकास्ट सार्वजनिक भएको छ । फिल्मको निर्देशक जोया अख्तरले सामाजिक सञ्जालमा अफिसियल पोस्टर सेयर गर्दै फिल्मको स्टारकास्टको फर्स्ट लुक सार्वजनिक गरेकी छिन् ।

आर्चिज २०२३ मा नेटफिलिक्समा मा रिलीज हुनेछ।आर्चिजमा श्रीदेवीकी छोरी खुशी कपूर, शाहरुख खानकी छोरी सुहाना खान, अमिताभ बच्चनका नातिनी अगस्त्य नन्दा, युवराज मेन्डा, मिहिर आहुजा र वेदांग रैना महत्वपूर्ण भूमिकामा देखिनेछन् । फिल्मलाई निर्देशक जोया अख्तरले निर्देशन गरिरहेकी छन् । चलचित्रलाई रीमा कागतीले निर्माण गरिरहेकी छिन् । यो चलचित्र ‘द आर्चिज कमिक’ को रूपान्तरण हो ।आर्चीज टाइगर बेबी फिल्म्सका निर्माताहरूले पनि टिजर सेयर गरेका छन्। यस टिजरमा सातै कलाकार आ–आफ्नो क्यारेक्टरको लुक्समा देखिएका छन् ।

सबैजना जंगलमा पिकनिक मनाउँछन्।फिल्मको टिजर रिलिज हुनासाथ फ्यानहरु निकै उत्साहित भएका छन् । यो पोस्टरमा यी तीन कलाकार बाहेक अन्य धेरै अनुहार पनि देखिएका छन् । पोस्टर सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा यी डेब्यु स्टारलाई बधाई दिने क्रम सुरु भएको छ । बलिउडका शहेनशाह अमिताभ बच्चनले आफ्ना नाति अगस्त्य नन्दलाई उनको फिल्मी यात्राको सुरुवातको शुभकामना दिएका छन् ।खबरको विश्वास गर्ने हो भने अगस्त्य यस फिल्ममा आर्चीको भूमिकामा देखिनेछन् । बेटीको भूमिकामा सुहाना वर्निका र खुशी छन् । यो चलचित्र रेट्रो विषयवस्तुमा आधारित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर