मनाङेलाई संकेत गर्दै गुरुङले भने, 'सबै डाँकूहरु वाल्मिकी नहुँदा रहेछन्' — OSNepal

मनाङेलाई संकेत गर्दै गुरुङले भने, ‘सबै डाँकूहरु वाल्मिकी नहुँदा रहेछन्’

LC (KTM) June 13, 2021 0

पोखरा ३० जेठ । निवर्तमान गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले धतुरोको बोट आँगनमा रोपेर अमृत नफल्ने भन्दै राजीव गुरुङ ‘दीपक मनाङेमाथि कटाक्ष गरेका छन् । आन आइतबार आफ्नै निवसमा भएको पत्रकार सम्मेलनमा गुरुङले धतुरोको बोटसँग मनाङेलार्ई तुलना गर्दै आफुले राजीनितमा ल्याएको मनाङेले आफैलाई धोका दिएको भन्दै यस्तो कटाक्ष गरेका हुन् ।

सबै छोडेर आफु सुध्रिई राजनीति र समाजसेवा गर्छु भनेपछि आफुले मनाङेलाई सहयोग गरेको बताएका गुरुङले भने,’सबै छोड्छु, राजनीति र समाजसेवा गर्छु, सुध्रिन्छु भनेपछि मैले नै सघाएको हो । तर, सबै डाँकूहरु वाल्मिकी नहुँदा रहेछन् ।’

एउटा स्वतन्त्र सांसद कुनै अर्को संसदीय दलमा प्रवेश गरेर फेरि स्वतन्त्र हुन नपाइने बताएका गरुङले भने , ‘यति सुविधा दिउँ न भनेर दिएको मात्र हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर