विराटनगर महानगरपालिकामा नागेशको अग्रता कायमै, नागेशलाई पछयाउँदै एमालेका थापा — OSNepal

विराटनगर महानगरपालिकामा नागेशको अग्रता कायमै, नागेशलाई पछयाउँदै एमालेका थापा

LC (KTM) May 14, 2022 0

विराटनगर ३१ वैशाख । विराटनगर महानगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार सत्ता गठवन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले आफ्नो अग्रता कायमै राखेका छन् ।

हाल सम्म १ हजार ५८६ मत गणना हुँदा कोइरालाले ४३४ मत ल्याउँदै आफ्नो अग्रता कायम गरेका हुन् ।

अहिले विराटनगरको १, २, १६, १७, १८ र १९ गरी ६ वटै वडामा मतगणना भइरहेको छ ।

यता , एमालेका उम्मेदवार सागर थापाले ३१७ मत ल्याउँदै दोस्रो स्थानमा परेका छन् । स्वतन्त्र उम्मेदवार उमेश यादवले १०६ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर