लाङटाङको मतपेटीका आइपुगेसँगै गोसाईकुण्ड गाउँपालिकाको मतगणना सुरु – OSNepal

लाङटाङको मतपेटीका आइपुगेसँगै गोसाईकुण्ड गाउँपालिकाको मतगणना सुरु

LC (KTM) May 14, 2022 0

रसुवा, ३१ वैशाख-रसुवाको गोसाईकुण्ड गाउँपालिकाको मतगणना सुरु भएको छ । जिल्लाको गासाईकुण्ड गाउँपालिका ४ लाङटाङको मतपेटीका ल्याइएसँगै गोसाईकुण्ड गाउँपालिकाको मतगणना सुरु भएको हो । पहिले हेलिकप्टरबाट मतपत्र ढुवानी गर्ने तयारी गरिएपनि पछिल्लो समय पैदल मार्गबाट नै मतपेटिका ढुवानी गर्नका लागि सर्कुलर भए अनुसार आज साढे ३ बजे मतपेटीका सदरमुकाम ल्याइएको हो ।

मतपेटीका सदरमुकाम धुन्चे स्थित मतगणनास्थलमा आइपुगे पश्चात सर्वदलिय बैठक बसी साँझबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए । गाउँपालिकाको वडा नम्बर १ बाट मतगणनाको कार्य सुरु भएको छ । शुक्रबार भएको स्थानिय तहको निर्वाचनका लागि गाउँपालिकामा ४ हजार ७ सय ७३ मतदाताले मतदान गरेका थिए ।

त्यसैगरि जिल्लाका अन्य चार वटा गाउँपालिकामा समेत गएरातीदेखि नै मतगणनाको कार्य जारी रहेको छ । जिल्लामा ५ वटा गाउँपालिका रहेको छ । जसमा २७ वटा वडा रहेका छन् ।

हालसम्मको नतिजा अनुसार रसुवामा एमालेले दुई वटा वडा, माओवादीले एउटा र नेपाली कांग्रेसले एउटा वडामा विजयी भएको छ । नेकपा एमालेले उत्तरगया गाउँपालिका १ र आमाछोदिङ्मो गाउँपालिका १ मा विजयी भएको छ । माओवादी केन्द्रले कालिका गाउँपालिका १ मा विजयी भएको छ भने नेपाली कांग्रेसले आमाछोदिङ्मो गाउँपालिका २ मा विजयी भएको छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement