हेटौँडामा एमालेको १ मतको अग्रता — OSNepal

हेटौँडामा एमालेको १ मतको अग्रता

LC (KTM) May 14, 2022 0

हेटौँडा, ३१ वैशाख-हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवारले १ मतको अग्रता लिएका छन् । हेटौँडाको वडा नम्बर १, २, १८ र १९ को मतगणना भइरहेको छ ।

२ हजार ६ सय १८ मत गणना हुँदा एमालेका उम्मेदवार अनन्त पौडेलले ७८६ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मिनाकुमारी लामाले ७८५ मत प्राप्त गरेकी छन् । राप्रपाका दीपक सिंहले ७२० मत प्राप्त गरेका छन् ।

मकवानपुर जिल्लाको दश वटै स्थानीय तहको मत गणना भइरहेको छ । अधिकांश स्थानीय तहमा गठबन्धनको उम्मेदवारहरूको अग्रता देखिएको छ । रातीको मतगणनाको लागि सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर