बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षेत्रीको अग्रता कायमै — OSNepal

बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षेत्रीको अग्रता कायमै

LC (KTM) May 14, 2022 0

महोत्तरी, ३१ वैशाख-बर्दिबास नगरपालिकामा २ हजार ५ सय ६२ मतगणना गर्दा स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षेत्रीले अग्रता कायम राखेका छन् ।निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेलाई १० मतले पछि पार्दै अहिलेसम्म प्रह्लाद क्षेत्रीले ७५७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका टेक बहादुर बलाम्पाकीले ७४६ मत प्राप्त गरेका छन् ।

वडा न.८ को मतगणना गर्दा वडामा माओवादी केन्द्रले विजय हासिल गरेको छ । नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार रुद्र किङरिङलाई ९ मतले पछि पार्दै माओवादी केन्द्रका समसेर सिंह लामाले जित हासिल गरेका हुन् ।

सम्सेर सिंह लामाले हसिया हथौडामा ७५३ मत र सूर्य छापमा ७४४ मत प्राप्त गरेका छन् ।उपमेयरमा भने अहिलेसम्म नेकपा एमालेले अग्रता लिएको छ । एमालेले ६५८, माओवादी केन्द्रले ५२९ प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर