निवर्तमान वडाध्यक्षसमेत रहेका क्प्छाकीलाई घिसिङले फराकिलो मतान्तरले पराजित गरेका छन् । कांग्रेसका उम्मेदवार घिसिङ प्यानलै निर्वाचित भए ।
यस्तै जिल्लाको धन्कौल गाउँपालिका वडा नम्बर १, मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसबाट धन्कौल गाउँपालिका–१, को वडाध्यक्षको उम्मेदवार बनेका गौरीशङ्कर महतो ६ सय ९४ मत सहित विजयी भएका छन् । भने, उनका निकटतम प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र) बाट उम्मेदवार बनेका शिव कुमार महतोले ६ सय ६५ मत मात्र प्राप्त गरे ।यससँगै जिल्लामा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा विजयी हुने उम्मेदवारको संख्या ५ पुगेको छ ।