मध्यपुर थिमि–१ मा कांग्रेसको उम्मेदवार डङ्गोल विजयी — OSNepal

मध्यपुर थिमि–१ मा कांग्रेसको उम्मेदवार डङ्गोल विजयी

LC (KTM) May 14, 2022 0

भादगाउँ, ३१ वैशाख -मध्यपुर थिमि नगरपालिकामा–१ मा नेपाली कांग्रेसका उम्मेदवार बाबुकाजी डङ्गोल विजयी भएका छन् । नेकपा एमालेका कृष्णकुमार प्याथसँग प्रतिस्पर्धा गरेका डङ्गोलले एक हजार ७१० मत ल्याएर विजयी भएका हुन् । उहाँका निकटम प्रतिद्वन्द्वी प्याथले एक हजार २९० मत ल्याएको मध्यपुर थिमी नगरपालिकाका सहायक निर्वाचन अधिकृत मैयाँ कँडेलले जानकारी दिनुभयो ।

त्यसैगरी वडा सदस्यहरुमा पनि नेपाली कांग्रेसका उम्मेदवाहरु विजयी भएका छन् । महिला सदस्य सरस्वती खड्का, दलित महिला सदस्यमा रिमा परियार, कान्छाराम द्वारे तथा नेकपा एमालेका श्याम प्रजापति विजयी भएका छन ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर