जलेश्वर नगरपालिकामा जसपाको अग्रता — OSNepal

जलेश्वर नगरपालिकामा जसपाको अग्रता

LC (KTM) May 14, 2022 0

महोत्तरी, ३१ वैशाख-जलेश्वर नगरपालिकाको प्रारम्भिक मतगणनामा जसपाले अग्रता लिएको छ ।१८० मतगणना गर्दा जसपाका उम्मेदवार सुरेश साह सोनारले १०३ मत ल्याएका छन्।लोसपाका रामसंकर मिश्रले १७, माओवादी केन्द्रका कौशलेन्द्र शर्माले ११ मत, नेपाली कांग्रेसका शम्भुनारायण पाठकले ६ मत र एमालेका रामआधार कापरले २० मत ल्याएको निर्वाचन कार्यालय जलेश्वरले जनाएको छ ।

यो पनि -सर्लाहीको हरिवन र धन्कौलको दुई वडामा नेपाली कांग्रेस विजयी

सर्लाही, ३१ वैशाख -सर्लाहीको हरिवन नगरपालिका र धन्कौल गाउँपालिकामाको दुई वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।जिल्लको हरिवन नगरपालिका–१, मा नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका टम बहादुर घिसिङ ११ सय ५ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामबहादुर क्याप्छाकीले ६ सय २२ मत मात्र प्राप्त गरे ।

निवर्तमान वडाध्यक्षसमेत रहेका क्प्छाकीलाई घिसिङले फराकिलो मतान्तरले पराजित गरेका छन् । कांग्रेसका उम्मेदवार घिसिङ प्यानलै निर्वाचित भए ।

यस्तै जिल्लाको धन्कौल गाउँपालिका वडा नम्बर १, मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसबाट धन्कौल गाउँपालिका–१, को वडाध्यक्षको उम्मेदवार बनेका गौरीशङ्कर महतो ६ सय ९४ मत सहित विजयी भएका छन् । भने, उनका निकटतम प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र) बाट उम्मेदवार बनेका शिव कुमार महतोले ६ सय ६५ मत मात्र प्राप्त गरे ।

यससँगै जिल्लामा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा विजयी हुने उम्मेदवारको संख्या ५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर