गुल्मीको रेसुंगा नगरपालिकामा काँग्रेसले मार्यो बाजी, मेयर, उपमेयरमा नै कांग्रेस विजयी — OSNepal

गुल्मीको रेसुंगा नगरपालिकामा काँग्रेसले मार्यो बाजी, मेयर, उपमेयरमा नै कांग्रेस विजयी

LC (KTM) May 14, 2022 0

गुल्मी — देशभरका स्थानीय तहहरुको मतपरिणाम आउने क्रम जारी छ । यसैबिच गुल्मीको रेसुंगा नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार खिलध्वज पन्थी तथा उपमेयरमा पनि कांग्रेस उम्मेदवार अमृतादेवी कुँवर विजयी भएकी छन् । पन्थीले ८ हजार ६ सय १४ मत प्राप्त गर्दा उनको निकटतम प्रतिद्वन्द्व एमालेका उम्मेदवार ७ हजार ३ सय २० मत प्राप्त गरे । त्यस्तै उपमेयरमा पनि कांग्रेस उम्मेदवार कुँवरले ८ हजार ६ सय १९ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी एमाले उम्मेदवार रिता पाण्डेले ७ हजार २ सय ३१ मत प्राप्त ल्याएकी छिन् ।

त्यस्तै काठमाडौं महानगरपालिकामा सत्तारुढ दल नेपाली काँग्रेस र देशकै ठूलो पार्टी नेकपा एमालेलाई उछिन्दै
स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन् । पछिल्लो परिणम अनुसार बालेनले ७४७ मत पाएका छन् । उनलाई नेकपा एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितले ५४४ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३९७ मत पाएकी छन् । शनिबार बिहान ९ बजेबाट सुरु भएको मतगणना जारी रहनेछ ।

यो पनि : काठमाडौं महानगरपालिकामा काँग्रेस र एमालेलाई उछिन्दै बालेनले गरे कमाल, अग्रता एकाएक बढाए : काठमाडौं महानगरपालिकामा सत्तारुढ दल नेपाली काँग्रेस र देशकै ठूलो पार्टी नेकपा एमालेलाई उछिन्दै स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन् ।

पछिल्लो परिणम अनुसार बालेनले ७४७ मत पाएका छन् । उनलाई नेकपा एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितले ५४४ मतसहित पछ्याइरहेका छन् ।नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३९७ मत पाएकी छन् । शनिबार बिहान ९ बजेबाट सुरु भएको मतगणना जारी रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर