नेकपा एमालेका विजय सुवेदीलाई उछिन्दै अघि बढीन् प्रचण्ड पुत्री रेनु, बढाइन् अग्रता – OSNepal

नेकपा एमालेका विजय सुवेदीलाई उछिन्दै अघि बढीन् प्रचण्ड पुत्री रेनु, बढाइन् अग्रता

Osnepal Admin (KTM) May 14, 2022 0

काठमाडौं । भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहाल र विजय सुवेदीबिच कडा प्रतिस्पर्धा जारी छ । पछिल्लो परिणामअनुसार रेनुले अग्रता कायम राखेकी छन् । स्रोतका अनुसार १ हजार मत गणना हुँदा रेनुले ३७० मत ल्याउँदै उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीसँग मतान्तर बढाएकी छिन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सुवेदीले यो समाचार तयार पार्दासम्म ३३९ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेद्धवार जगन्नाथ खतिवडाले १२१ मत ल्याएका छन् । उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ४२८ तथा राप्रापाकी हिमला गुरुङले २७३ मत प्राप्त गरेकी छन् ।

त्यस्तै गुल्मीको रेसुंगा नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार खिलध्वज पन्थी तथा उपमेयरमा पनि कांग्रेस उम्मेदवार अमृतादेवी कुँवर विजयी भएकी छन् । पन्थीले ८ हजार ६ सय १४ मत प्राप्त गर्दा उनको निकटतम प्रतिद्वन्द्व एमालेका उम्मेदवार ७ हजार ३ सय २० मत प्राप्त गरे ।

त्यस्तै उपमेयरमा पनि कांग्रेस उम्मेदवार कुँवरले ८ हजार ६ सय १९ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी एमाले उम्मेदवार रिता पाण्डेले ७ हजार २ सय ३१ मत प्राप्त ल्याएकी छिन् । त्यस्तै काठमाडौं महानगरपालिकामा सत्तारुढ दल नेपाली काँग्रेस र देशकै ठूलो पार्टी नेकपा एमालेलाई उछिन्दै स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन् ।

पछिल्लो परिणम अनुसार बालेनले ७४७ मत पाएका छन् । उनलाई नेकपा एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितले ५४४ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३९७ मत पाएकी छन् । शनिबार बिहान ९ बजेबाट सुरु भएको मतगणना जारी रहनेछ ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement