जीतपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर २४ मा अध्यक्षमा कांग्रेसका सुल्तान बिजयी , गठबन्धन अग्रस्थानमा — OSNepal

जीतपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर २४ मा अध्यक्षमा कांग्रेसका सुल्तान बिजयी , गठबन्धन अग्रस्थानमा

LC (KTM) May 14, 2022 0

स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । यसैक्रममा पछिल्लो जानकारी अनुसार जीतपुर सिमरा उपमहानगरपालिकामा गठबन्धन अगाडी देखिएको छ । गठबन्धन तर्फका उम्मेदवार राजन पौडेल ६ सय ३३ मतले अग्रस्थानमा रहेका छन् । राजन पौडेलले एक हजार ३५ र नेकपा एमालेकी उम्मेदवार सरस्वती चौधरीले एक हजार ३५ मत प्राप्त गरेकी छिन् । त्यस्तै गठबन्धनको तर्फबाट उपप्रमुखकी उम्मेदवार मेघा शाही अग्रस्थानमै रहन सफल भएकी छिन् ।

उनले एक हजार ७३८ मत प्राप्त गर्दा एमालेका उम्मेदवार भोला अधिकारीले एक हजार ७७ मत ल्याएका छन् । उता वडा नं २४ मा नेपाली काँग्रेसका सुल्तान अन्सारी विजयी भएका छन् । वडाध्यक्षका विजयी अन्सारीले ७०१ मत ल्याए भने उनका निकटतम् प्रतिद्धन्दी लोसपाका उम्मेदवार कलामुदिन अन्सारीले ५८७ मत प्राप्त गरेका छन् । । यसअघि २०७४ को निर्वाचनमा जीतपुरसिमरा वडा नं २४ मा नेकपा एमाले बिजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर