झापाको कनकाईमा मेयर पदमा स्वतन्त्र उम्मेद्धार शेर बहादुर भारी मत अन्तरका साथ अग्रस्थानमा — OSNepal

झापाको कनकाईमा मेयर पदमा स्वतन्त्र उम्मेद्धार शेर बहादुर भारी मत अन्तरका साथ अग्रस्थानमा

LC (KTM) May 14, 2022 0

झापाको कनकाई नगरपालिकामा मतगणना कार्य जारी रहेको छ । कनकाईको मेयर पदमा एमालेका तर्फ बाट दोस्रो कार्यकालका लागि राजेन्द्रकुमार पोखरेल, कांग्रेसका तर्फ बाट रुद्रप प्रसाद चिमरिया, स्वतन्त्र बाट शेर बहादुर थापा , राप्रपा बाट श्याम सुन्दर ओली लगयातले चुनावी मैदानमा प्रतिष्पर्धा गरिरहेका छन् । कनकाईको पछिल्लो नतिजा अनुसार स्वतन्त्र पदका उम्मेद्धार शेर बहादुर थापाले अग्रता कायमै राखेका छन् ।

उनी नेपाली कांग्रेसका बागी उम्मेद्धार समेत रहेका छन् । भर्खरै सार्वजनिक गरिएको मतपरिणाम अनुसार जम्मा २९ सय २० मतगणना भईसकेको छ । जसमा राजेन्द्रकुमार पोखरेल ८०६, रुद्रप्रसाद चिमरिया ३६५, शेर बहादुर थापा १२६९, श्यामसुन्दर ओलीले ११६ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी मञ्जु प्रसाईंले १०२३, कांग्रेसकी आशा शर्माले ८८२, राप्रपाकी सचित्रा खनाल चुडाल १९५ , नेकपा एसकी अम्बिका महत उप्रेती ९२ प्राप्त गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर