पाँचथरको फालेलुङ गाँउपालिका–१ मा स्वतन्त्र उम्मेद्धारको प्यानल नै बिजयी — OSNepal

पाँचथरको फालेलुङ गाँउपालिका–१ मा स्वतन्त्र उम्मेद्धारको प्यानल नै बिजयी

LC (KTM) May 14, 2022 0

स्थानीय तहको निर्वाचनमा देशका बिभिन्न पालिकामा स्वतन्त्र उम्मेद्धारले अग्रता कायम गर्न सफल भएका छन् । यसैक्रममा पाँचथरको फालेलुङ गाँउपालिका–१ मा स्वतन्त्र उम्मेदवार टेक बहादुर गुरागाईं वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका युवा नेता गुरागाँईले सत्ता गठबन्धनलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए । वडाध्यक्ष सहितका पाँच पदमध्ये चार पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

उनले सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीका श्रीप्रसाद जवेगुलाई ७६ मतान्तरले हराएका हुन् । गुरागाईंले ३ सय ९५ मत प्राप्त गरेका थिए भने जवेगुले ३ सय १९ मत ल्याएका थिए । उता गठबन्धनका तर्फ बाट महिला सदस्य एकीकृत समाजवादी पार्टीका उम्मेदवारले जिते पछि अरु बाँकी पदमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर