टीकापुर नगरपालिका वडा नं. ५ मा रेशम चौधरीको पार्टीको प्यानल नै बिजयी — OSNepal

टीकापुर नगरपालिका वडा नं. ५ मा रेशम चौधरीको पार्टीको प्यानल नै बिजयी

LC (KTM) May 14, 2022 0

यसपालीको स्थानीय तहको निर्वाचनमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी पनि चुनावी मैदानमा रहेको छ । उनको पार्टीले कैलालीको टीकापुर नगरपालिकामा खाता खोलेको छ । सत्तारुढ गठबन्धन सहित एमालेका उम्मेदवारहरूलाई पछि पार्दै टीकपुर नगरपालिकाको वडा नं. ५ मा उनको पार्टीको प्यानल नै बिजयी भएको छ । वडाध्यक्षका उम्मेदवार वीरबल थारु सहित उनको पूरै प्यानल विजयी भएको हो ।

सार्वजनिक गरिएको मत परिणाम अनुसार वडाध्यक्षमा वलवीर थारु ८२०, वडा सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, महिला सदस्यमा बासमती चौधरी ८६२ र दलित सदस्यमा सरिता भुल ८९६ मत ल्याइ विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर