बालेनको अग्रता बढ्यो , केशब स्थापित भन्दा ३५७ मतले अघि — OSNepal

बालेनको अग्रता बढ्यो , केशब स्थापित भन्दा ३५७ मतले अघि

LC (KTM) May 14, 2022 0

काठमाडौं महानगरको मेयर पदका स्वतन्त्र उमेदवार बालेन शाहले आफ्नो अग्रतालाई बलियो बनाउँदै लगेका छन् । उनले आफ्ना निकटतम् प्रतिद्धन्दी एमालेका केशव स्थापित भन्दा ३५७ मत बढी ल्याएर आफ्नो अग्रतालाई कायमै राखेका हुन् । पछिल्लो पटक सार्वजनिक गरिएको मतगणना अनुसार बालेनले १ हजार २२८ मत प्राप्त गरेका छन् ।

एमालेका केशव स्थिापितले ८७१ मत ल्याएका छन् । त्यस्तै गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले ६९९ मत प्राप्त गरेकि छिन् । काठमाण्डौ महानगरपालिकामा अहिले ३ हजार ६२७ मत गणना भईसकेको छ । यसअघि ३ हजार २५९ मत गणना हुँदा बालेन प्रतिद्धन्दी स्थापित भन्दा २१५ मतले अगाडि रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर