चितवनमा एमालेले खाता खोल्यो, दुई वडामा प्यानलै विजयी — OSNepal

चितवनमा एमालेले खाता खोल्यो, दुई वडामा प्यानलै विजयी

LC (KTM) May 15, 2022 0

चितवन, १ जेठ-चितवनमा एमालेले विजयको खाता खोलेको छ । कालिका नगरपालिका-११ र राप्ती नगरपालिका-६ मा एमालेको प्यानलै विजयी भएको हो ।कालिका-११ को अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजाले ५१३ मत ल्याएर विजयी भएका हुन् । विजयी हुने महिला सदस्य सीता माया चेपाङले ५०९, खुल्ला सदस्य मिलन चेपाङले ५१७ र लोकबहादुर प्रजाले ४९७ मत ल्याएका छन् । यस अगाडि नै दलित महिला सदस्य भने निर्विरोध निर्वाचित भइसकेकी छन ।

राप्ती-६ को अध्यक्षमा जल्लु महतो थारु १८ सय १६ मत ल्याएर विजयी भए । वडा सदस्यमा एमालेका ममिता कुँवरले १७ सय ५८, राजकुमार तामाङले १६ सय ५३, सहदेव सेढाइले १४ सय ७७ र दलित महिला सदस्य गुनु विकले १७ सय ५२ मत ल्याएर विजयी भएका हुन् । एउटा वडाको मतगणना सकिंदा राप्तीको मेयरमा एमालेका गोविन्द कँडेलले १५ सय ३२, गठबन्धनबाट नेकपा एसका शमशेर लामाले १२ सय ७८ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर