सुर्खेतको वीरेन्द्रनगर-१६ मा एमाले विजयी — OSNepal

सुर्खेतको वीरेन्द्रनगर-१६ मा एमाले विजयी

LC (KTM) May 15, 2022 0

सुर्खेत, १ जेठ-सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१६ मा नेकपा एमालेले खाता खोलेको छ।

वडा नम्बर १६ मा एमालेका डण्डबहादुर विश्वकर्मा वडाध्यक्षमा विजयी भएका हुन् । उनी ६०८ मतसहित वडाध्यक्षमा विजयी बन्दा निकटतम प्रतिस्पर्धी पूर्णप्रसाद ढकालले ५८३ मत ल्याए ।

खुला महिला सदस्य र एक जना खुला सदस्यमा पनि एमालेले जितेको छ । कांग्रेसले दलित महिला सदस्य र एक खुला सदस्य जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर