काठमााडैँमा रोचक बन्यो प्रतिस्पर्धा, केशव स्थापितलाई सिर्जना सिंहले दिइन् टक्कर, बालेनले मतान्तर झनै बढाए — OSNepal

काठमााडैँमा रोचक बन्यो प्रतिस्पर्धा, केशव स्थापितलाई सिर्जना सिंहले दिइन् टक्कर, बालेनले मतान्तर झनै बढाए

LC (KTM) May 15, 2022 0

काठमाडौं महानगरको मेयर पदका स्वतन्त्र उमेदवार बालेन शाहले आफ्नो अग्रतालाई बलियो बनाउँदै लगेका छन् ।

उनले आफ्ना निकटतम् प्रतिद्धन्दी एमालेका केशव स्थापित भन्दा झण्डै दोब्बर बढी मतले लिड गरिरहोक छन् । यो समाचार तयार पार्दासम्म बालेनले १५८७ तका साथ शीर्ष स्थानमा आफ्नो अडान कायम राखेका छन् भने एमालेका केशव स्थापितले ८८७ मतका साथ पछ्याईरहेका छन् ।

त्यस्तै गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले ८२२ मत पाएकी छिन् । यसअघि बालेनलाई लिड गरिरहेका एमालेका केशव स्थापितलाई काँग्रेसकी सिंहले टक्कर दिएकी छिन् । सिंह अहिले स्थापित भन्दा जम्मा ५ मतले पछाडी छिन् ।

त्यस्तै चितवनमा एमालेले विजयको खाता खोलेको छ । कालिका नगरपालिका-११ र राप्ती नगरपालिका-६ मा एमालेको प्यानलै विजयी भएको हो । कालिका-११ को अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजाले ५१३ मत ल्याएर विजयी भएका हुन् । विजयी हुने महिला सदस्य सीता माया चेपाङले ५०९, खुल्ला सदस्य मिलन चेपाङले ५१७ र लोकबहादुर प्रजाले ४९७ मत ल्याएका छन् । यस अगाडि नै दलित महिला सदस्य भने निर्विरोध निर्वाचित भइसकेकी छन ।

राप्ती-६ को अध्यक्षमा जल्लु महतो थारु १८ सय १६ मत ल्याएर विजयी भए । वडा सदस्यमा एमालेका ममिता कुँवरले १७ सय ५८, राजकुमार तामाङले १६ सय ५३, सहदेव सेढाइले १४ सय ७७ र दलित महिला सदस्य गुनु विकले १७ सय ५२ मत ल्याएर विजयी भएका हुन् ।

एउटा वडाको मतगणना सकिंदा राप्तीको मेयरमा एमालेका गोविन्द कँडेलले १५ सय ३२, गठबन्धनबाट नेकपा एसका शमशेर लामाले १२ सय ७८ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर