कुशे गाउँपालिका-९ मा कांग्रेसका गिरी विजयी — OSNepal

कुशे गाउँपालिका-९ मा कांग्रेसका गिरी विजयी

LC (KTM) May 15, 2022 0

जाजरकाेट, १ जेठ :

जाजरकोट कुशे गाउँपालिकामा-९ मा नेपाली कांग्रेस विजयी भएकाे छ । वडाध्यक्षमा शिवराज गिरी ५०८ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नविनकुमार सिंहले ४६३ र एमालेका प्रेमबहादुर आरसीले ५८ मत मात्र पाए ।

यस वडाबाट गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवारले नै बढी मत पाएका छन् । पालिका अध्यक्षमा कांग्रेसका हरिचन्द्र बस्नेतले ४ सय ४२ मत पाए ।

त्यस्तै एमालेविरुद्ध बलियो गठबन्धन निर्माण गर्दा पनि दमकमा एमालेले विजयी सुरुवात गरेको छ । एमाले अध्यक्ष केपी ओलीको गृहनगरमा एमालेले विजयी सुरुवात गरेको हो ।

दमक-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका हरि न्यौपानेले वडाध्यक्षमा विजयी भए । उनले १ हजार ६८६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी तारप्रसाद अधिकारी १ हजार ६२४ मत प्राप्त गरे । यहाँ एमालेविरुद्ध राप्रपा, कांग्रेस र माओवादीको गठबन्धन छ ।

नगर प्रमुख पदमा पनि एमालेकै अग्रता छ । एमालेको तर्फबाट प्रमुखको उम्मेदवार गीता अधिकारीले १ हजार ७३२ मत पाएकी छन् । गठबन्धनका तर्फबाट राप्रपाका राम थापाले १ हजार ६४८ मतका ल्याएका छन् । गठबन्धनका तर्फबाट उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराईले १ हजार ६४० मत ल्याएकी छन् । उपप्रमुखमा एमालेका अम्बिका खनालले १ हजार ५०९ मतका ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर