पाल्पा : तिनाउ-१ मा एमाले विजयी – OSNepal

पाल्पा : तिनाउ-१ मा एमाले विजयी

LC (KTM) May 15, 2022 0

बुटवल, १ जेठ-पाल्पाको तिनाउ गाउँपालिका-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । अध्यक्षमा एमालेका भुवनसिंह चिदी १ हजार १४१ मतसहित विजयी भएका हुन् ।उनका प्रतिस्पर्धी गठबन्धनका हस्तबहादुर रास्कोटीले ९७९ मत प्राप्त गरे ।

वडा सदस्यमा खुलातर्फ देउबहादुर पुन १ हजार १२१, यमबहादर गाहा १ हजार १२७, महिला खुला सदस्यमा धनकुमारी बगाले १ हजार १३० र दलित महिला सदस्य रुपकुमारी कामी १ हजार १३८ मतसहित विजयी भए । तिनाउ-१ मा २ हजार १५० मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement