पोखरामा ३० मतले अगाडी धनराज र कृष्ण थापाबिच टक्कर — OSNepal

पोखरामा ३० मतले अगाडी धनराज र कृष्ण थापाबिच टक्कर

LC (KTM) May 15, 2022 0

पोखरा १ जेठ । पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले आफ्नो अग्रता कायमै राखेका छन् ।

यति बेला सम्म धनराजले ६१३ पाएका छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका कृष्ण थापा ५८३ मत पाएका छन् । यो मतसँगै आचार्य ३० मतले अगाडी रहेका छन् ।

१६०० सय मतगणना हुँदा धनराजको पोल्टोमा ६१३ मत परेको हो । यसैगरी, राप्रपाका शंकर खरालले ९८ र गनेस पौडेलले ३६ मत पाएका छन् ।

उपमेयरमा भने, नेपाली कांग्रेसकी कोपिला रानाभाट ७१६ ल्याउँदै आफ्नो अग्रता कायम गरेकी छन् । उनलाई पछ्याउँदै एमालेकीमञ्जु गुरुङले ५८३ मत प्राप्त गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर