लमजुङको मर्स्याङ्दी गाउँपालिका-१ मा एमालेको प्यानलै विजयी – OSNepal

लमजुङको मर्स्याङ्दी गाउँपालिका-१ मा एमालेको प्यानलै विजयी

Osnepal May 15, 2022 0

लमजुङ, १ जेठ -लमजुङको मर्स्याङ्दी गाउँपालिका-१ मा एमालेको प्यानलै विजयी भएकाे छ ।

एमालेका उम्मेदवार रुद्रमान गुरुङले ४ सय २२ मत ल्याएर वडाध्यक्ष जितेका हुन् । उनी यसअघि पनि वडाध्यक्ष थिए ।

उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका कमल गुरुङले १ सय १७ मत ल्याए । माओवादी गठबन्धनसहित चुनावमा हाेमिएकाे थियाे ।

एमालेबाट महिला सदस्यमा पूर्णकाशी गुरुङ ३९५ मत, दलित महिला सदस्यमा गंगामाया विक ३८५ मत, खुला सदस्यमा निर्मलजंग गुरुङ ३९ मत र हेमजंग गुरुङ ३८८ मतसहित विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement